BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई उपलब्ध गरायो ब्रेल शैक्षिक सामग्री

२०८३ असार २३

सिटिजन्स बैंकले बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई उपलब्ध गरायो ब्रेल शैक्षिक सामग्री
सिटिजन्स बैंकले बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई उपलब्ध गरायो ब्रेल शैक्षिक सामग्री

काठमाडौं। सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको छ।

Tata
GBIME
Nepal Life

बैंकले बढैयाताल शाखामार्फत सामग्री सहयोग गरेको हो। बैंकले दृष्टिविहीन विद्यार्थीलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए-ग्रेड ब्रेल स्टाइलस, ए-ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, झोला लगायत सामग्री वितरण गरेको छ।

विद्यालयमा अध्ययनरत करिब १,२०० विद्यार्थीमध्ये २० जना दृष्टिविहीन छन्।

विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण ती विद्यार्थीको अध्ययन प्रभावित हुँदै आएकाले सहयोग गरेको बैंकले जनाएको छ।