BIZMANDU
www.bizmandu.com

विराजभक्तले देखेनन् सिँचाइ पूर्वाधारमा लगानीको प्रतिफल, कृषि मन्त्रालयसँग सहकार्य गर्ने

२०८३ असार २३

विराजभक्तले देखेनन् सिँचाइ पूर्वाधारमा लगानीको प्रतिफल, कृषि मन्त्रालयसँग सहकार्य गर्ने
विराजभक्तले देखेनन् सिँचाइ पूर्वाधारमा लगानीको प्रतिफल, कृषि मन्त्रालयसँग सहकार्य गर्ने


काठमाडौं। सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउन दुई मन्त्रालयले सहकार्य गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

ऊर्जा, जलस्रोत तथा सिँचाइ र कृषि, वन तथा पर्यावरण मन्त्रालयले सिँचाइ, उत्पादन, कृषि सेवा र बजारीकरणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने भएका हुन्। यस सम्बन्धमा मंगलबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र कृषिमन्त्री गीता चौधरीबीच छलफल भएको छ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी भइरहेको अवस्थामा आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण प्रभावकारी हुन सके मात्र प्रतिफल प्राप्त हुने बताए।

उनले त्यसका लागि सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्न प्रस्ताव गरे।

कृषिमन्त्री चौधरीले प्रस्तावमा सहमति जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वय गर्ने बताएको विराजभक्तको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठले गत साता पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको अनुगमन गरेका थिए। उनले रानीजमरा-कुलरिया, सिक्टा, बबई र राजापुर सिँचाइ प्रणालीको निरीक्षणका क्रममा किसान, आयोजना प्रमुख र प्राविधिकसँग अन्तरक्रिया गरेका थिए।