काठमाडौं। सुनचाँदीको मूल्य बढ्ने क्रममा ब्रेक लाग्दै लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेको हो।
मंगलबारको लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रति तोला २ लाख ९० हजार ७ सय रुपैयाँ थियो।
चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर प्रति तोला ४ हजार ५ सय ५५ रुपैयाँ कायम छ। सोमबार चाँदी प्रति औंस ४ हजार ५८५ रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ४१२५.५९ डलर छ। चाँदी प्रति औंस ६०.७५ डलर छ। सोमबार सुन प्रति औंस ४१५२.६३ डलर र चाँदी प्रति औंस ६१.१ डलर थियो।