BIZMANDU
www.bizmandu.com

बालेन शाहले पहिलो पटक ‘वान वन वान’ एडीबीका अध्यक्षलाई भेट्दै, प्रधानमन्त्री कार्यालय पुगे कान्डा

२०८३ असार २३

बालेन शाहले पहिलो पटक ‘वान वन वान’ एडीबीका अध्यक्षलाई भेट्दै, प्रधानमन्त्री कार्यालय पुगे कान्डा
बालेन शाहले पहिलो पटक ‘वान वन वान’ एडीबीका अध्यक्षलाई भेट्दै, प्रधानमन्त्री कार्यालय पुगे कान्डा


काठमाडौं। प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मसातो कान्डालाई भेट्ने भएका छन्। उनले अहिले ११ बजे कान्डालाई भेट्ने समय तय भएको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री भएपछि शाहले विदेशी नागरिकलाई ‘वान वन वान’ भेट्न लागेको यो पहिलो पटक हो। ‘प्रधानमन्त्रीज्यूले एडीबी अध्यक्ष कान्डालाई भेट्दै हुनुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बिजमाण्डूसँग भने। एडीबी अध्यक्ष कान्डा अहिले प्रधानमन्त्री कार्यालयमै छन्।

नेपालको सबैभन्दा ठूलो बहुपक्षीय साझेदारको रुपमा रहेको एडीबी अध्यक्ष कान्डाले नेपाल आइसकेपछि नयाँ सरकारसँग सिक्न र बुझ्न चाहेको सामाजिक संजालमा लेखेका थिए।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहलाई एडीबी अध्यक्ष कान्डा भेटाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि धेरैनै जोडबल गरेका थिए। स्रोतका अनुसार एडीबी मनिलामा वैकल्पिक कार्यकारी निर्देशक रहेका श्रीकृष्ण नेपाल सोमबार प्रधानमन्त्री कार्यालय पुगेर शाह सचिवालयसँग भेटेका थिए।

त्यही भेटपछि मंगलबार भेट्न समय टुंगो लागेको स्रोतले बतायो। कान्डाले यसअघि जुन २९मा जर्मनीका राष्ट्रपति फ्राङ वाल्टर स्टाइनमायरसँग भेट गरेका थिए। ह्याम्बर्गमा भएको एक सम्मेलनका अवसरमा कान्डाले राष्ट्रपतिसँग भेटेका हुन्।