BIZMANDU
www.bizmandu.com

तुलसी सहकारीका ३७७ ऋणीको नामावली सार्वजनिक, बक्यौता बुझाउन आह्वान

२०८३ असार २३

तुलसी सहकारीका ३७७ ऋणीको नामावली सार्वजनिक, बक्यौता बुझाउन आह्वान
तुलसी सहकारीका ३७७ ऋणीको नामावली सार्वजनिक, बक्यौता बुझाउन आह्वान


काठमाडौं। समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नाम सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न भनिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

यसैबीच शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको समितिले जनाएको छ। उक्त सहकारीका २४८ जनाले बचत फिर्ता पाएका छन्। हालसम्म उक्त सहकारीका एक हजार ११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः अन्य बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गर्ने तयारी छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य सञ्चालन भइरहेको छ।