BIZMANDU
www.bizmandu.com

बेल्जियमको प्रभावशाली प्रदर्शन, अमेरिका ४–१ गोल अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिर

२०८३ असार २३

बेल्जियमको प्रभावशाली प्रदर्शन, अमेरिका ४–१ गोल अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिर
बेल्जियमको प्रभावशाली प्रदर्शन, अमेरिका ४–१ गोल अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिर


अमेरिकाको विश्वकप यात्रा बेल्जियमसँग ४–१ को हारपछि अन्त्य भएको छ। अमेरिकी समय अनुसार सोमबार राति भएको प्रि–क्वार्टरफाइनलमा बेल्जियमका चार्ल्स डी केटेलारेले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि अवसर सिर्जना गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याए।

Tata
GBIME
Nepal Life

अमेरिकी रक्षापंक्तिको कमजोरीको भरपूर फाइदा उठाएको बेल्जियमले खेलभर दबाब कायम राख्यो। एक खेलको रेड कार्ड निलम्बन विवादास्पद रूपमा फिफाले फुकुवा गरेपछि स्टार फरवार्ड फोलारिन बालोगुन टोलीमा फर्किएका थिए। तर अमेरिकी रक्षकहरूको गल्तीका कारण पहिलो हाफमै दुई गोल खायो भने दोस्रो हाफको सुरुमै गोलरक्षक म्याट फ्रिजको गल्तीको फाइदा उठाउँदै बेल्जियमले तेस्रो गोल थप्यो।

बेल्जियमका लागि खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले थप एक गोल गर्दै जितलाई ४–१ मा पुर्‍याए। अब बेल्जियमले शुक्रबार क्यालिफोर्नियाको इङ्गलवुडमा हुने क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

अमेरिकाका मालिक टिलम्यानले पहिलो हाफको मध्यतिर फ्रिकिकमार्फत प्रतियोगितामा आफ्नो दोस्रो गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। तर त्यसको केवल ६१ सेकेन्डपछि नै बेल्जियमले पुनः अग्रता लिँदै अमेरिकालाई दबाबमा पार्‍यो।

खेलका क्रममा अमेरिकी प्रशिक्षक मौरिसियो पोचेटिनो टोलीको प्रदर्शनबाट निकै असन्तुष्ट देखिए। बेल्जियमले फेरि अग्रता लिएपछि उनले रिसले बेन्चअगाडि रहेको बोतल राख्ने र्‍याकलाई लात हानेका थिए, जसका कारण चारवटा पानीका बोतल उछिट्टिएको दृश्य खेलको प्रत्यक्ष प्रसारणमा देखिएको थियो।

पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको बेल्जियमले १२ वर्षमा दोस्रो पटक अमेरिकालाई अन्तिम १६ मा पराजित गर्‍यो र आफ्नो अपराजित यात्रा १८ खेलमा पुर्‍यायो। रेड डेभिल्सले शुक्रबार क्यालिफोर्नियाको इन्गलवुडमा फ्रान्स वा मोरक्को विरुद्ध सेमिफाइनल प्रवेशको लागि २०१० को च्याम्पियन स्पेनसँग खेल्नेछ।