BIZMANDU
www.bizmandu.com

कन्सल्टेन्सी नवीकरणका लागि सरकारले दियो दुई साताको समय, अनलाइन आवेदनमा के-के चाहिन्छ?

२०८३ असार २२

कन्सल्टेन्सी नवीकरणका लागि सरकारले दियो दुई साताको समय, अनलाइन आवेदनमा के-के चाहिन्छ?
कन्सल्टेन्सी नवीकरणका लागि सरकारले दियो दुई साताको समय, अनलाइन आवेदनमा के-के चाहिन्छ?

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कामका लागि अनुमति पाएका संस्था नवीकरणका लागि आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले सोमबार सूचना प्रकाशन गर्दै असार २२ देखि साउन ४ गतेभित्र नवीकरणका लागि आवेदन दिन सूचित गरेको छ। आवेदन अनलाइन दिन सकिने मन्त्रालयले जनाएको छ।

नवीकरणका लागि आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अद्यावधिकको प्रमाणपत्र अनिवार्य गरिएको छ। आ.व २०८२/८३ मा गरेको वार्षिक कामको विवरण पनि मन्त्रालयले माग गरेको छ।

मन्त्रालयले दिएको स्वीकृति पत्र र अन्तिम नवीकरण पत्रको प्रतिलिपि, शाखा कार्यालय सञ्चालन गरेको भए आन्तरिक राजश्व कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय वा स्थानीय तहमा पेसा व्यवसाय दर्ता भएको प्रमाण र घर भाडा सम्झौता पत्र पनि आवश्यक पर्नेछ।