काठमाडौं। टेरामक्स प्रविधि खरिदमा अनियमतिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ महिनाअघि दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।
अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार फैसला गर्दै बस्नेतलाई सफाइ दिएको हो।
अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, दिपेश आचार्य, सन्दिप अधिकारी र अच्युतानन्द मिश्रलाई पनि सफाइ दिएको छ।
यो मुद्दामा अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई भने दोषी ठहर गरेको छ। उनीहरुलाई एक वर्ष कैद र ५० हजार रुपैयाँका दरले जरिवानाको सजाय सुनाइएको छ। ज्ञवाली पूर्वकानुन सचिव हुन्।








अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी बस्नेतसहित १६ जनाविरुद्ध २०८२ जेठ १ गते मुद्दा दायर गरेको थियो।