काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब ८ करोड रुपैयाँ) ऋण दिने भएको छ।
एडीबीले भन्सार प्रशासनमा सुधार र स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनका लागि १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण दिने भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एबीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सोमबार ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ।
दुईवटा ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे।
सम्झौता अनुसार एडीबीले स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणका लागि ११ करोड ५० लाख डलर तथा भन्सार कार्यप्रक्रिया र लजिष्टिक्स सेवा आधुनिकीकरणका लागि ५ करोड डलर दिनेछ।