BIZMANDU
www.bizmandu.com

भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित स्टोर असार २७ देखि पुन: सञ्चालनमा आउने

२०८३ असार २२

भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित स्टोर असार २७ देखि पुन: सञ्चालनमा आउने
भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित स्टोर असार २७ देखि पुन: सञ्चालनमा आउने


विराटनगर। भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित स्टोर यही असार २७ देखि पुनः सञ्चालनमा आउने भएको छ।

Tata
GBIME
Nepal Life

गत भदौ २४ गते जेनजी विद्रोहमा ध्वस्त भएको सुपरस्टोर पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन लागिएको हो। सुपरस्टोरमा सोमबार पूजा तथा यज्ञ गरिएको छ।

भाटभटेनीकी सञ्चालक सावित्री गुरुङ, उनका छोरा कल्याण र बुहारी विधा पूजामा सहभागी थिए। भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ स्वास्थ्यका कारण सहभागी हुन नसकेको सावित्रीले बताइन्।

स्टोर पुनर्निमाणमा खटिएका ३०० मजदुरलाई भाटभटेनीले खादा लगाएर नगदसहित सम्मान गरेको छ। सावित्रीले श्रमको सम्मान हुने स्थानमा मात्र व्यवसाय फस्टाउन सक्ने बताइन्।

जेनजी विद्रोहका बेला तोडफोड र आगजनीमा परी ध्वस्त भएका आफ्ना सुपरस्टोरमध्ये भाटभटेनीले आठौं स्टोर पुन: सञ्चालनमा ल्याउन लागेको हो।

भदौ पहिलो हप्तामा झापाको बिर्तामोड र काठमाडौँको नक्सालस्थित सुपरस्टोर पुनः संचालनमा ल्याउने भाटभटेनीको तयारी छ।