BIZMANDU
www.bizmandu.com

नेप्सेमा एक वर्षमा ३० कम्पनी सूचीकृत, ३०० रुपैयाँमा सुरु भएको सेयर मूल्य ५ हजारसम्म

२०८३ असार २२

नेप्सेमा एक वर्षमा ३० कम्पनी सूचीकृत, ३०० रुपैयाँमा सुरु भएको सेयर मूल्य ५ हजारसम्म
नेप्सेमा एक वर्षमा ३० कम्पनी सूचीकृत, ३०० रुपैयाँमा सुरु भएको सेयर मूल्य ५ हजारसम्म


काठमाडौं। सेयर बजार परिसूचक सोमबार २६.२९ अंकले ओरालो लाग्यो। तर घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। ती तीनवटै कम्पनी हालसालै आइपीओ जारी गरेकाहरु हुन्।

Tata
GBIME
Nepal Life

आइपीओ निष्कासन गरेर सेयर बजारमा प्रवेश गरेका केही नयाँ कम्पनीको मूल्य लगातार उकालो लागेको छ। चालु आर्थिक वर्ष नेप्सेमा ३० कम्पनी सूचीकृत भएकाकामा कुनैको सेयर मूल्य प्रति कित्ता ५ हजार रुपैयाँसम्म पुगेको छ। जबकि सेयर बजारमा पहिलो कारोबार ३०० रुपैयाँमा खुलेको थियो।

बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई आइपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबार प्रति कित्ता ३०० रुपैयाँमा सुरु भएकामा लगातार बढेर ५ हजार ४९ रुपैयाँसम्म पुग्यो।

कम्पनीको भाउ अहिले प्रति कित्ता ३ हजार ७० रुपैयाँ छ। आइपीओ बिक्री गरेर दोस्रो बजारमा सूचीकृत अरु नयाँ कम्पनीको मूल्य पनि माथि छ।

खासगरी आइपीओ थोरै कित्ता हुने कम्पनीको भ्यालुएसन बढाउन सञ्चालक र ब्रोकरहरुले नै माग उच्च गराएर मूल्य उचाल्ने गरेको बजारका जानकारहर बताउँछन्।

आइपीओ निष्कासन गरेर चालु वर्ष नेप्सेमा सूचीकृत कम्पनीको कारोबार सुरु भएपछिको मूल्य विवरण

कम्पनीको नामसार्वजनिक निष्कासन रुपैयाँनेप्सेमा सूचीकृत मितिउच्च मूल्य रुपैयाँकारोबार हुँदाको सुरुको मूल्य २०८३ असार २२ को मूल्य
ट्रेड टावर३९,७१,६९,३००२०८२ असार ३११२६२.८०३६६.१७३७
विकास हाइड्रोपावर४४,५४,५९,६००२०८२ भदौ ३६९९२९२.१५२०
हिमस्टार कम्पनी११,१९,००,०००२०८२ भदौ १२१२६४२५२.२७४३
माबिलुङ इनर्जी१८,९०,५३,०००२०८२ कात्तिक १७९२७३१७.७६१५
दरमखोला हाइड्रो३९,५०,००,०००२०८२ कात्तिक १९९१८.९४०२.२५८९
बुंगल हाइड्रो२९,०५,००,०००२०८२ कात्तिक २३८९५३०२६३०
स्वस्तिक लघुवित्त२,३१,००,०००२०८२ कात्तिक २४३४००३९१.७२०६२
बन्दीपुर केबलकार५८,६०,००,०००२०८२ कात्तिक २४१२३३२८५७२७
झापा इनर्जी९,५०,४७,५००२०८२ कात्तिक २८१९२९२९३.४१२३१
सागर डिस्टिलरी१४,५२,००,०००२०८२ कार्तिक २०२४३९३१९१५३५
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज३२,६२,५०,०००२०८२ मंसिर ५१६९०३०१८८७
एसवाई प्यानल नेपाल५२,३२,५४,८००२०८२ मंसिर २३२२५५.९०३१९.८१,३५१
सोलु हाइड्रोपावर२,००,००,००,०००२०८२ फागुन २८८७५.५३००६०३
साल्पा विकास बैंक१७,२३,८८,०००२०८२ फागुन १२०००३००९८३
भुजुङ हाइड्रोपावर२०,००,००,०००२०८२ चैत ५१३०५२७०.१८०५
रिज लाइन इनर्जी२६,०७,००,०००२०८२ चैत १११५९२.३०३००८४५
सूर्यकुण्ड हाइड्रो१३,७९,३५,०००२०८२ चैत १२२०६९.४०२८४.३९५०
सुपर खुदी हाइड्रोपावर३१,००,००,०००२०८२ चैत १०१३६०३००९१८
पाल्पा सिमेन्ट इन्डस्ट्रीज७५,००,००,०००२०८२ चैत २७१२८०३००६३४
शिखर पावर डेभलपमेन्ट३२,००,००,०००२०८२ चैत २७१२१६.८०२८४.३६१३
होटल फरेस्ट इन४०,००,००,०००२०८२ फागुन २७१०१.७१,४५०.६०७००
स्नो रिभर्स१८,७५,००,०००२०८३ असार ११६००.६२९८.७७९४
कालिञ्चोक हाइड्रोपावर१३,७५,००,०००२०८३ जेठ ८१३२४.८०३००८६९
अपोलो हाइड्रोपावर१४,१०,००,०००२०८३ जेठ २५१०५३.४०२९९.७८८७
टक्सार पिखुवा खोला हाइड्रोपावर४२,३०,६६,८००२०८३ असार ५७७२.५३००५५५
यम्बालिङ हाइड्रोपावर२८,००,००,०००२०८३ असार ५७९७.६३००६०६
सोपान फर्मास्युटिकल्स४२,९०,००,०००२०८३ जेठ २२१२१७२७६.५८५२
कालंगा हाइड्रो४९,००,००,०००२०८३ असार १७३९०२९५.४४४९
सानीगाड हाइड्रो८५,५०,००,०००२०८३ असार १७३९५२९९.३४५५
रिलायन्स स्पिनिङ मिल्स९४,८८,११,९६८२०८२ फागुन १५०४९३००३०७०
स्रोत : सेबोन र नेपाल स्टक एक्सचेन्ज