BIZMANDU
www.bizmandu.com

सेयर बजार २६.२९ अंक घटेर २६२७.११ विन्दुमा, कारोबार रकम ३ अर्ब ५५ करोडमा सीमित

२०८३ असार २२

सेयर बजार २६.२९ अंक घटेर २६२७.११ विन्दुमा, कारोबार रकम ३ अर्ब ५५ करोडमा सीमित
सेयर बजार २६.२९ अंक घटेर २६२७.११ विन्दुमा, कारोबार रकम ३ अर्ब ५५ करोडमा सीमित


काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक सोमबार २६.२९ अंक घटेर २६२७.११ विन्दुमा आएको छ। करोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

ट्रेडिङको सूचक सबैभन्दा धेरै ३.१५ अंक घटेको छ। फाइनान्सको सूचक १.२४ प्रतिशतले ओरालो लागेको छ। बजारमा सेयर मूल्य घटेका २३९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

थ्रीस्टार हाइड्रोपावरको स‍ेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले ओरालो लागेको छ।

३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको स्थिर छ। तीन कम्पनीको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। हालै आइपीओ जारी गरेर दोस्रो बजार कारोबारमा आएका स्नो रिभर लिमिटेड, सानिगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको हो।

सूचकसँगै बजारमा कारोबार रकम घटेको छ। शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

बजारमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रको ५३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख र एनआएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १२ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।