BIZMANDU
www.bizmandu.com

डीडीसीको व्यापार ५० प्रतिशतले वृद्धि, पशुपतिनगरमा चिज उत्पादन आयोजना स्थापना गर्दै

२०८३ असार २२

डीडीसीको व्यापार ५० प्रतिशतले वृद्धि, पशुपतिनगरमा चिज उत्पादन आयोजना स्थापना गर्दै
तस्विर : सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। दुग्ध विकास संस्थानको व्यापार ५० प्रतिशतले वृद्धि भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले आफ्नो १०० दिनको उपलब्धिको सूचीमा डीडीसीका दुग्धजन्य पर्दाथको विक्री साविकको तुलनामा ५० प्रतिशतले वृद्धि भएको दाबी गरेको हो।

व्यापार बढेकै कारण किसानलाई दुई महिनामा ३५ करोड रुपैयाँ भुक्तानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वैशाखसम्म ६८ करोड रुपैयाँ बक्यौता रहेकामा अहिले ४५ करोडमा झरेको छ। भुक्तानी सहज बन्दै गएको सरकारले बताएको छ।

डीडीसीले अब खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने गरी सम्झौता गर्न लागेको छ। ५ करोडको घिउ निर्यातका लागि सम्झौताको मस्यौदा भइसकेको छ।

डीडीसीले चिज उत्पादन दोब्बर बनाउन लागेको छ। यसका लागि कोशी प्रदेशको पशुपतिनगरमा चिज उत्पादन आयोजना स्थापना गर्न लागिएको छ। यस्तै नगरकोटमा साउन १ देखि पनिर र चिज उत्पादन गर्न लागेको सरकारको १०० दिने उपलब्धिमा उल्लेख छ।

डीडीसीले निजी क्षेत्रसगँको सहकार्यमा काठमाडौं उपत्यकामा कम्तीमा १५ वटा डेडिकेटेड काउन्टर साउन १ गतेबाट संचालन गर्ने तयारी गरेको छ। साथै, डीडीसीको उत्पादन अनलाइनबाट किन्न मिल्ने सुविधासहित बजारीकरणको तयारी गरिएको सरकारले जनाएको छ।