BIZMANDU
www.bizmandu.com

एनपीएल अक्सनको पूर्वसंध्यामा फ्रेन्चाइजका चहलपहल, काठमाडौंले एक्स्ट्रिमसँग गर्‍यो सम्झौता

२०८३ असार २१

एनपीएल अक्सनको पूर्वसंध्यामा फ्रेन्चाइजका चहलपहल, काठमाडौंले एक्स्ट्रिमसँग गर्‍यो सम्झौता
एनपीएल अक्सनको पूर्वसंध्यामा फ्रेन्चाइजका चहलपहल, काठमाडौंले एक्स्ट्रिमसँग गर्‍यो सम्झौता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन मंगलबार हुँदैछ। यसको पूर्वसंध्यामा फ्रेन्चाइजहरुले चहलपहल बढाउन सुरु गरेका छन्।

Tata
GBIME
Nepal Life

साविक विजेता लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। लुम्बिनी लायन्सका प्रमुख इश्वर जिसीले आइतबार कटुवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै जिम्मेवारी सुम्पिएका थिए। गत सिजनमा लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे रहेकी थिइन्। लुम्बिनी लायन्सले भावनलाई यसपटक कार्यकारी निर्देशकको जिम्मेवारीमा राखिसकेको छ।

त्यस्तै, काठमाडौं गोर्खाजले शरद भेषवाकरलाई क्रिकेट डाइरेक्टर नियुक्त गरेको छ। उसले मुख्य प्रायोजकमा इनर्जी ड्रिंक एक्स्ट्रिमसँग सम्झौता गरेको छ। तीन वर्षका लागि गरिएको यो सम्झौताको रकम भने दुबै पक्षले खुलाउन चाहेनन्।

यसअघि अर्को इनर्जी ड्रिंक कम्पनी रेडबुल सुदूरपश्चिमको मुख्य प्रायोजक बनेको थियो।