BIZMANDU
www.bizmandu.com

निजी क्षेत्र अर्थतन्त्रको प्रमुख साझेदार हो, मौद्रिक नीति तर्जुमामा समन्वय आवश्यक छ : खड्का

२०८३ असार २१

निजी क्षेत्र अर्थतन्त्रको प्रमुख साझेदार हो, मौद्रिक नीति तर्जुमामा समन्वय आवश्यक छ : खड्का
निजी क्षेत्र अर्थतन्त्रको प्रमुख साझेदार हो, मौद्रिक नीति तर्जुमामा समन्वय आवश्यक छ : खड्का


काठमाडौं। प्रतिनिधि सभाको अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिका संयोजक सुशील खड्काले अर्थतन्त्रका विद्यमान चुनौती समाधानका लागि राष्ट्र बैंक, निजी क्षेत्र र नीति निर्माण तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

मौद्रिक नीतिलाई लिएर समितिले आइतबार राखेको बैठकमा सांसद खड्काले निजी क्षेत्र अर्थतन्त्रको प्रमुख साझेदार भएकाले उनीहरूको अनुभव र सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्नुपर्ने आवश्यकता औँल्याए।

‘नेपालको अर्थतन्त्रमा चुनौती छन् भन्ने यथार्थलाई स्वीकार गर्दै अब समाधानमुखी ढंगले अघि बढ्नुपर्छ। निजी क्षेत्र, नेपाल राष्ट्र बैंक र सबै सरोकारवालासँग सहकार्य गर्दै समस्याको गहिराइसम्म पुगेर तथ्यमा आधारित समाधान खोज्नु जरुरी छ,’ उनले भने।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिले लगानी विस्तार, रोजगारी सिर्जना र राजस्व अभिवृद्धिमार्फत देशको अर्थतन्त्रलाई सुदृढ बनाउन प्रतिबद्ध रहेको भन्दै लगानीकर्ताको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताएका थिए।