BIZMANDU
www.bizmandu.com

लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकले टोखामा रोपे २०० एभोकाडोका बिरुवा

२०८३ असार २१

लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकले टोखामा रोपे २०० एभोकाडोका बिरुवा
लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकले टोखामा रोपे २०० एभोकाडोका बिरुवा


काठमाडौं। लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंकसँगको सहकार्यमा टोखा नगरपालिका-२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ।

Vigo
GBIME
Tata

नबिल बैंकको साताव्यापी कार्यक्रम ‘नबिल ग्रीन वीक’अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रम गरिएको हो। वृक्षारोपण अभियानमा स्थानीय जनप्रतिनिधि, ग्रीन भोलेन्टियर्स र स्थानीयको सहभागिता थियो।

उक्त कार्यक्रममा टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली पनि उपस्थित थिए।

यसैगरी, लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक एवं ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’का संयोजक बासु गौतमसहित फोरमका कार्यसमिति सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा नबिल बैंकका कर्मचारीहरू तथा स्थानीय वडाका तीन दर्जनभन्दा बढी बासिन्दाहरूको सहभागिता थियो।

सो क्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आधुनिक युगमा वातावरणीय संरक्षणको महत्त्वमाथि जोड दिए। नबिल बैंक आफ्ना संस्थागत लक्ष्यहरूलाई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग जोड्न दृढ संकल्पित रहेको कुरा दोहोर्‍याए।

उनले ‘नबिल ग्रीन वीक’ जस्ता पहलहरूको उद्देश्य आगामी पुस्ताका लागि स्वस्थ र हरियाली पर्यावरणको निर्माण गर्नु रहेको बताए।

लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक गौतमले थपिएका २०० एभोकाडोका रूखहरूले सहरको हरियाली क्षेत्र मात्र बढाउने नभई स्थानीय पार्क र सामुदायिक क्षेत्रलाई दीर्घकालीन पर्यावरणीय तथा आर्थिक लाभ समेत पुर्‍याउने उल्लेख गरे।