BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले सुरु गर्‍यो भारत-नेपाल रियल टाइम पी-टू-पी भुक्तानी सेवा

२०८३ असार २१

सानिमा बैंकले सुरु गर्‍यो भारत-नेपाल रियल टाइम पी-टू-पी भुक्तानी सेवा
सानिमा बैंकले सुरु गर्‍यो भारत-नेपाल रियल टाइम पी-टू-पी भुक्तानी सेवा


काठमाडौं। सानिमा बैंकले भारत-नेपाल रियल टाईम व्यक्ति-व्यक्तिबीचको (पी-टू-पी) भुक्तानी सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा यो सेवा सुरु गरेको जनाएको छ। बैंकका अनुसार यो सेवाले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्ने सुविधा दिनेछ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण सेयर नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) तथा यूपीआइ आइडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन्।

नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले यूपीआइ आइडी प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्। यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल, सुरक्षित र सहज बनाएको बैंकको दाबी छ।

यो सुविधा विद्यार्थी, पेशागत व्यक्तिहरू, यात्रु तथा भारत-नेपाल आवागमनमा निर्भर परिवारहरूका लागि आधुनिक र प्रभावकारी विकल्पका रुपमा उपयोगी हुने बैंकले विश्वास लिएको छ।