BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले विपन्न विद्यार्थीलाई दियो छात्रवृत्ति, ५ जनालाई जनही ५० हजार रुपैयाँ

२०८३ असार २१

महालक्ष्मी विकास बैंकले विपन्न विद्यार्थीलाई दियो छात्रवृत्ति, ५ जनालाई जनही ५० हजार रुपैयाँ
महालक्ष्मी विकास बैंकले विपन्न विद्यार्थीलाई दियो छात्रवृत्ति, ५ जनालाई जनही ५० हजार रुपैयाँ


काठमाडौं। महालक्ष्मी विकास बैंकले विभिन्न सामुदायिक विद्यालयका ५ जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठ, हरि प्रसाद गिरी, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह र सीताराम प्रसाइँको स्मृतिमा स्थापित छात्रवृत्ति जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीमध्ये ५ जनालाई प्रदान गरिएको हो।

लक्ष्मणबाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा ९ मा अध्ययनरत विपिन बुढाले पाएका छन्। विपिनलाई स्वर्गीय लक्ष्मणबाबुका छोरा राजेशबाबु र बैंकका प्रमुख कार्यकारी अधिकृतले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेमार्फत छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ।

हरि प्रसाद गिरी महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरगंजकी अनिशा साहले पाएकी छन्। बैंकका सञ्चालक श्याम सुन्दर रुंगटाले छात्रवृत्ति रकम प्रदान गरेका छन्।

नवराजबहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति धनगढीस्थित शारदा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत गुञ्जन सुनारले पाएकी छन्। उनलाई बैंकका सञ्चालक सागर मल्लले छात्रवृत्ति रकम प्रदान गरे।

अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति हेटौंडास्थित अमर माध्यमिक विद्यालमा कक्षा ९ मा अध्ययनरत सुमिना लामिछानेले पाएकी छन्। यस्तै सीताराम प्रसाइँ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति मेचीनगरस्थित सीताराम सामुदायिक अंग्रजी विद्यालयकी मुस्कान खातुनले पाएकी छन्।