BIZMANDU
www.bizmandu.com

भ्रामक विज्ञापनको जोखिम न्यूनीकरण गर्न आचारसंहिता र नवप्रवर्तनकारी प्रविधि प्रयोगमा जोड

२०८३ असार २१

भ्रामक विज्ञापनको जोखिम न्यूनीकरण गर्न आचारसंहिता र नवप्रवर्तनकारी प्रविधि प्रयोगमा जोड
भ्रामक विज्ञापनको जोखिम न्यूनीकरण गर्न आचारसंहिता र नवप्रवर्तनकारी प्रविधि प्रयोगमा जोड


काठमाडौं। उपभोक्ताहरू सामाजिक सञ्जालमा केन्द्रित हुनुलाई विज्ञापन क्षेत्रले आफ्नो मुख्य चुनौतीको रुपमा लिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल विज्ञापन संघ (आन)ले एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा गरेको ‘परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय’ शीर्षकको अन्तर्क्रियामा सहभागी वक्ताहरुले प्रविधिको तीव्र विकासले एकपछि अर्को चुनौती सिर्जना गरेको बताएका छन्।

उनीहरुले उपभोक्ताहरू फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यम (टेलिभिजन, प्रिन्ट र रेडियो)मा आउने विज्ञापनको हिस्सा घट्दै जानु र बजार असन्तुलित हुनु मुख्य चुनौती भएको बताए।

उनीहरुले देशमा एआई, डाटामा आधारित मार्केटिङ र डिजिटल मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको पनि औंल्याएका छन्। शहरी र ग्रामीण क्षेत्रबीच डिजिटल साक्षरताको खाडल विज्ञापन क्षेत्रको अर्को ठूलो चुनौती भएको अन्तर्क्रियाका सहभागीहरुको निष्कर्ष रहेको आनले जनाएको छ।

उनीहरुले आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक जस्ता अत्याधुनिक प्रविधिले ल्याउन सक्ने भ्रामक विज्ञापनको जोखिमलाई न्यूनीकरण गर्न आचारसंहिता निर्माण, स्वनियमन र नवप्रवर्तनकारी प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए।