BIZMANDU
www.bizmandu.com

सर्वोच्चका रजिष्ट्रार कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, सुब्बा र वाग्ले आयुक्त

२०८३ असार १९

सर्वोच्चका रजिष्ट्रार कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, सुब्बा र वाग्ले आयुक्त
सर्वोच्चका रजिष्ट्रार कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस, सुब्बा र वाग्ले आयुक्त

काठमाडौं। संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गरेको हो। कार्की सर्वोच्च अदालतका रजिष्ट्रार हुन्। प्रमुख निर्वाचन आयुक्तको पद १४ महिनादेखि रिक्त छ।

बैठकले डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई आयुक्तमा सिफारिस गरेको परिषद्की सदस्य रहेको प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारीले जानकारी दिइन्।

आयोगमा हाल एक आयुक्तको पद रिक्त रहेकामा अर्को पद असार २३ गते रिक्त हुँदै छ।

संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।