BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह बढाउनुको विकल्प छैन : गभर्नर पौडेल

२०८३ असार १९

अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह बढाउनुको विकल्प छैन : गभर्नर पौडेल
अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह बढाउनुको विकल्प छैन : गभर्नर पौडेल


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह बढाउनुपर्ने बताएका छन्।

Vigo
GBIME
Tata

उनले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका सम्बन्धमा शुक्रबार सरोकारवालाहरुसँगको अन्तर्क्रियामा दीर्घकालीन आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्यजस्ता मानव पुँजीमा लगानी बढाउनुपर्नेमा जोड दिए।

गभर्नर पौडेलले ब्याजदर न्यून र बैंकमा पर्याप्त पैसा हुँदा पनि कर्जाको माग नबढ्नु अहिलेको मुख्य चुनौती भएको बताए। पछिल्लो एक वर्षमा मौद्रिक नीति तुलनात्मक रूपमा स्थिर रहेको उनको भनाइ छ।

कार्यक्रममा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिने क्रममा बैंकमा निक्षेप १६ प्रतिशतले बढ्दा कर्जा ६.७ प्रतिशत मात्र विस्तार भएको जानकारी दिए।

उनका अनुसार बैंकहरूको निष्क्रिय कर्जा औसतमा ५.६ प्रतिशत पुगेको छ। उनले निष्क्रिय कर्जा आगामी दिनमा अझ बढ्न सक्ने संकेत गरे।