BIZMANDU
www.bizmandu.com

त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ, साथमा भेटियो २ लाख रुपैयाँको गुट्खा

२०८३ असार १९

त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ, साथमा भेटियो २ लाख रुपैयाँको गुट्खा
त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ, साथमा भेटियो २ लाख रुपैयाँको गुट्खा

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

GBIME
Tata

कतार एयरवेजको उडानबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट २ लाख रुपैयाँ बराबरको गुट्खा बरामद गरेको छ।

ह्याण्ड ब्यागेज जाँच गर्दा उनको साथबाट १२०० प्याकेट रजनीगन्धा, पान पराग ७० प्याकेट, कत्था नामक ८१ थान डब्बा लगायत सूर्तिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।