BIZMANDU
www.bizmandu.com

एआइजी राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व, कार्कीको बिदाई

२०८३ असार १९

एआइजी राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व, कार्कीको बिदाई
एआइजी राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व, कार्कीको बिदाई

काठमाडौं। अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सुशील सिंह राठौरले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

Tata
GBIME
Nepal Life

राठौरले सरुवाको निर्णयको भोलिपल्ट शुक्रबार जिम्मेवारी सम्हालेका हुन्। बिहिबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ८ जना एआइजीको जिम्मेवारी हेरफेर गर्दा प्रधान कार्यालयको अपराध अनुसन्धान विभागबाट राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएका थिए।

कार्यालयका एआइजी ईश्वर कार्कीको बिदाई गरिएको छ। कार्कीलाई प्रधान कार्यालयमा मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ।