काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विभिन्न पाँच संस्थामा २५ जनालाई नियुक्ति दिएका छन्।
मन्त्री पौडेलले पशुपति शक्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार संग्रहालय विकास समितिमा २५ जना पदाधिकारी नियुक्त गरेका हुन्।
मन्त्रालयले नियुक्ति पत्र बुझ्नका लागि वैयक्तिक र योग्यता सम्बन्धी सक्कल कागजात सहित सोमबारका लागि बोलाएको छ।