BIZMANDU
www.bizmandu.com

नेपाल आउँदै विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’, नाइमा एक्स्पोमा सार्वजनिक गरिने

२०८३ असार १९

नेपाल आउँदै विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’, नाइमा एक्स्पोमा सार्वजनिक गरिने
नेपाल आउँदै विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’, नाइमा एक्स्पोमा सार्वजनिक गरिने

काठमाडौं। नेपाली विद्युतीय सवारी (इभी) बजारमा अर्को नयाँ मोडल पनि थपिने भएको छ। चेरीले आफ्नो नयाँ शतप्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो गाडी आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक सार्वजनिक गरिनेछ।

आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको चेरी क्यू बी-सेग्मेन्टको विद्युतीय क्रसओभर भएको कम्पनीले जनाएको छ। आकर्षक बाहिरी डिजाइनसँगै यसमा फराकिलो र व्यावहारिक इन्टेरियर छ।

गाडीमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा यो क्षमता १ हजार ४५० लिटरसम्म विस्तार गर्न मिल्छ।

चेरी क्यूमा ९० किलोवाटको पर्मानेन्ट म्याग्नेट इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसमा ४१.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ।

रियर-ह्विल ड्राइभ प्रणाली भएको यो गाडीले एनईडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यूमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १६ मिनेटमै चार्ज गर्न सक्ने बताइएको छ।

गाडीमा भेहिकल-टू-लोड (भी२एल) सुविधा पनि दिइएको छ। यसमार्फत बाह्य विद्युतीय उपकरण संचालन गर्न सकिन्छ।

चेरी क्यू नेपालमा ३ भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा ५ वटा बाहिरी रङ र २ वटा इन्टेरियर कलर थिमको विकल्प रहनेछ।

चेरी क्यूको आधिकारिक सार्वजनिक र मूल्य घोषणा आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिने कम्पनीले जानकारी दिएको छ।