BIZMANDU
www.bizmandu.com

त्रिपुरेश्वरका ४ फर्मलाई जरिवाना, ललितपुरका ३ पेट्रोल पम्पसँग विभागले माग्यो खरिद बिक्री बिल

२०८३ असार १८

त्रिपुरेश्वरका ४ फर्मलाई जरिवाना, ललितपुरका ३ पेट्रोल पम्पसँग विभागले माग्यो खरिद बिक्री बिल
त्रिपुरेश्वरका ४ फर्मलाई जरिवाना, ललितपुरका ३ पेट्रोल पम्पसँग विभागले माग्यो खरिद बिक्री बिल

काठमाडौं। विभिन्न ४ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन्।

Tata
GBIME
Nepal Life

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको त्रिपुरेश्वरस्थित दि एभरेष्ट क्याफे, रामेछाप खेलाडी खाना तथा भोजनालय, चित्लाङ खेलाडी खाजा घर र यू डब्लूटीसी पाउ भण्डारलाई कारबाही गरेको हो।

कारबाहीस्वरुप एभरेष्ट क्याफेलाई ७ हजार र अरु तीन फर्मलाई ५ हजार रुपैयाँका दरले जरिवाना गरेको विभागले जनाएको छ।

विभागले ललितपुरका तीन वटा पेट्रोल पम्पलाई पत्र काटेको छ। विभागले एकान्तकुनास्थित जावाखेल पेट्रोल पम्प रगायत्री देवी आयल स्टोर तथा पुल्चोकस्थित यल फ्यूल सेन्टरलाई व्यवसायसम्बन्धी प्रमाणपत्र र असार १ गतेदेखि हालसम्मको खरिद विक्री बिलसहित जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित भएपछि विभागमा हाजिर हुन निर्देशन दिएको हो।

विभागले पुल्चोकस्थित डल्ले रेष्टुरेन्टसँग व्यवसायसँग सम्बन्धित सक्कल दर्ता प्रमाणपत्र, प्यान, मेनुको प्रतिलिपि, कर चुक्ता, खरिद बिल लगायत कागजात मागेको छ।