BIZMANDU
www.bizmandu.com

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो?

२०८३ असार १८

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो?
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको हो।

GBIME
Tata

कुथेली बुखरी हाइड्रोपावरको १ लाख ३४ हजार ५४.२५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ। हाइड्रोपावरले सेयरधनीलाई गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सूचीकृत बोनस सेयर शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ३ लाख ४९ हजार ३७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले सेयरधनीलाई पोहोरको मुनाफाबाट ‍९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।