BIZMANDU
www.bizmandu.com

सरकारी अनुदानको रासायनिक मल निजी पसलबाट बिक्री, किसान भने सहकारीमा लाइनमा

२०८३ असार १८

सरकारी अनुदानको रासायनिक मल निजी पसलबाट बिक्री, किसान भने सहकारीमा लाइनमा
नेपालगञ्जस्थित जिल्ला सहकारी संघमा रासायनिक मल लिन किसानको लाइन। तस्वीर : रासस

काठमाडौं। सरकारी अनुदानको मल निजी पसलबाट बिक्री गरेको पाइएको छ।

Tata
GBIME
Nepal Life

कृषिमन्त्री गीता चौधरीको सचिवालयका अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित नवप्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारी अनुदानको रासायनिक मल निजी पसलबाट बढी मूल्यमा बिक्री गरेको पाइएको हो।

रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा आएको गुनासोका आधारमा स्थानीय प्रशासनले छापा मार्दा मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको मन्त्रीको सचिवालयले जनाएको छ।

सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल लगेकामा पाण्डेले हर्मिचौरस्थित नीलकण्ठ पाण्डेको पसल, अर्बेनीस्थित कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा निरमाया बुढाको स्टेशनरी पसल अगाडिबाट बिक्री गरेका हुन्।

मल बिक्री गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको छ।