काठमाडौं। पर्यटक आगमन १९.५ प्रतिशतले बढेको छ। सन् २०२६ को जुन महिनामा हवाइ मार्ग हुँदै ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्।
यो संख्या गत वर्ष सोही महिनामा ७६ हजार ४२५ थियो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार
सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ पर्यटक नेपाल घुम्न आएका छन्। जुन कुल आगमनको ५२.८ प्रतिशतको हो।
भारतबाट मात्रै जुनमा ४१ हजार ८०९ जना पर्यटक आएका छन्। यस्तै चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ र थाइल्यान्डबाट ९८४ पर्यटक भित्रिएको तथ्यांक छ।
जुनमा युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल घुम्न आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका हुन्। यस्तै अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ र ब्राजिलबाट २१९ पर्यटक आएको तथ्यांक छ।
जुनमा अष्ट्रेलियाबाट २ हजार ६९४ र न्यूजिल्यान्डबाट ३९० पर्यटक भित्रिएका छन्।