BIZMANDU
www.bizmandu.com

सेयर ब्रोकरको टोलीसँग सेबोन अध्यक्ष भट्टले भने- पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउँछु

२०८३ असार १८

सेयर ब्रोकरको टोलीसँग सेबोन अध्यक्ष भट्टले भने- पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउँछु
सेयर ब्रोकरको टोलीसँग सेबोन अध्यक्ष भट्टले भने- पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउँछु

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन आफू पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार आफूलाई बधाइ दिन उपस्थित भएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालको टोलीसँग सरकारको उद्देश्य र प्राथमिकताअनुरूप पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पुँजी बजारको दिगो विकासका लागि नियामक, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी र लगानीकर्ताबीच समन्वय आवश्यक रहेको भन्दै लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउन सेबोनले सक्रियतापूर्वक काम गर्ने बताएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिंदै सेबोनसँग सहकार्यका लागि आफूहरु तयार रहेको बताए।