काठमाडौं । सिंहदरबार भित्र रहेको संसद् भवनमा इन्टरनेट कनेक्सन बिग्रिएको छ।
इन्टरनेट राम्ररी नचलेपछि प्रतिनिधि सभाको बिहीबारको बैठक लाइभ हुन सकेन। संसद्का हरेक बैठक वेबसाइटमार्फत लाइभ हुने गर्छ। त्यस्तै, युट्युबमा पनि बैठक लाइभ हुने गरेको छ।
‘इन्टरनेट नचल्दा लाइभ आइरहेको छैन,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने।
लाइभ नभएपछि बिहीवार संसद्मा भइरहेको काम कारवाही सर्वसाधारणले हेर्न पाएका छैनन्।