काठमाडौं। घट्न थालेको सुनचाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ६ हजार २ सय रुपैयाँले बढेको छ। चाँदी तोलामा १ सय ८० रुपैयाँ महँगिएको छ।
सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वबजारमा सुनको मूल्य बलियो हुँदा सोझै असर परेको हो।
बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सय रुपैयाँ थियो भने त्यसअघि मंगलबार २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो। मंगलबारका तुलनामा बिहीबार ६ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो।
चाँदीको कारोबार मूल्य बिहीबार तोलाको ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। बुधबार प्रति तोला ४ हजार २ सय ७० रुपैयाँले कारोबार भएको थियो। मंगलबारका तुलनामा बुधबार तोलामा १५ रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४०७०.८९ डलर पुगेको छ। २४ घण्टामा सुन प्रति औंस ६.२२ डलर महँगिएको छ। यस्तै चाँदी पनि बढेर प्रति औंस ६०.१५ डलर पुगेको छ।