BIZMANDU
www.bizmandu.com

सरकारले सुकुम्बासीलाई बाँड्न थाल्यो लालपुर्जा, भूमिहीन २९ परिवार बने जग्गाधनी

२०८३ असार १८

सरकारले सुकुम्बासीलाई बाँड्न थाल्यो लालपुर्जा, भूमिहीन २९ परिवार बने जग्गाधनी
सरकारले सुकुम्बासीलाई बाँड्न थाल्यो लालपुर्जा, भूमिहीन २९ परिवार बने जग्गाधनी

काठमाडौं। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

सरकारले बर्दियाको बढैयाताल गाउँपालिका-४ का भूमिहीन दलित र सुकुम्बासीमध्ये २९ परिवारलाई लालपुर्जा वितरण गरेको हो। लालपुर्जा प्राप्त गरेसँगै उनीहरू अब कानुनीरुपमा जग्गाधनी बनेका छन्।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरण गरेेको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई सरकारले उच्च प्राथमिकतामा राखेर बर्दियाबाट लालपुर्जा वितरण थालेको र देशभरका भूमिहीनलाई जग्गाको कानुनी स्वामित्व दिलाउने बताइन्।