BIZMANDU
www.bizmandu.com

केनको दोहोरो गोलले कंगोलाई इङ्ग्ल्याण्डले हरायो, प्रि-क्वाटरफाइनलमा मेक्सिकोसँग भिड्ने

२०८३ असार १८

केनको दोहोरो गोलले कंगोलाई इङ्ग्ल्याण्डले हरायो, प्रि-क्वाटरफाइनलमा मेक्सिकोसँग भिड्ने
ATLANTA, GEORGIA - JULY 01: Harry Kane #9 of England celebrates scoring his team's second goal during the FIFA World Cup 2026 Round Of 32 match between England and Congo DR at Atlanta Stadium on July 01, 2026 in Atlanta, Georgia. (Photo by Steph Chambers - FIFA/FIFA via Getty Images)

काठमाडौ। इङ्ग्ल्याण्ड फिफा विश्वकपको प्रि-क्वाटरफाइनलमा पुगेको छ। आज सम्पन्न अन्तिम ३२ को खेलमा डीआर कंगोको अग्रतालाई उल्टाउँदै इङ्ग्ल्याण्डले २-१ गोलको जित निकालेसँगै प्रिक्वाटरफाइनलमा पुगेको हो। योसँगै इङ्ग्ल्याण्डले अन्तिम १६ मा मेक्सिकोसँग भेट पक्का गरेको छ। मेक्सिकोले आजै इक्वेडरलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो।

Tata
GBIME
Nepal Life

पहिलो हाफमा पछि परेर खेलभरी संघर्ष गर्नुपरे पनि कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गर्दै इङ्ल्यान्डलाई पुनरागमन जित दिलाए। एटलान्टामा भएको खेलमा डिआर कंगोले सातौं मिनेटमै ब्रायन सिपेन्गाको गोलबाट अग्रता लिएको थियो। चान्सेल मबेम्बाको लामो पासमा सिपेन्गाले उत्कृष्ट फिनिस गर्दै सानदार सुरुवात दिलाएका थिए।

पहिलो हाफमा इङ्ल्यान्डले बराबरीका लागि धेरै अवसर सिर्जना गरे पनि डिआर कंगोका गोलरक्षक लियोनेल एम्पासी उत्कृष्ट प्रदर्शनमा देखिए। उनले जुड बेलिङ्घम, मार्कस रासफोर्ड र केनका प्रहार बचाउँदै आफ्नो टोलीलाई पहिलो टुंगिँदासम्म १-० गोलको अग्रता जोगाए।

दोस्रो हाफमा इङ्ल्यान्डले लगातार दबाब बढायो। ७५औं मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा केनले हेडमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिँदै गर्दा ८६औं मिनेटमा फेरि गोर्डनकै पासमा केनले पेनाल्टी क्षेत्रको किनारबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे। त्यसपछि डिआर कंगोले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन।

यस जितसँगै इङ्ल्यान्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ भने डिआर कंगोको ऐतिहासिक विश्वकप यात्रा अन्तिम ३२ मै टुंगिएको छ।

केनले यस विश्वकपमा आफ्नो गोल संख्या पाँच पुर्‍याएका छन्। गोल्डनबुटको होडमा लियोनल मेस्सी र किलियन एम्बाप्पेलाई नजिकबाट पछ्याउनेमा अर्लिङ हल्याण्ड र ह्यारी केन पनि छन्।