BIZMANDU
www.bizmandu.com

४० रुपैयाँले इन्धनको भाउ घट्दा हवाइ भाडा घट्यो, अब कुन रुटमा कति?

२०८३ असार १७

४० रुपैयाँले इन्धनको भाउ घट्दा हवाइ भाडा घट्यो, अब कुन रुटमा कति?
४० रुपैयाँले इन्धनको भाउ घट्दा हवाइ भाडा घट्यो, अब कुन रुटमा कति?

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाइ भाडा घटेको छ। निगमले मंगलबार आन्तरिकतर्फको हवाई इन्धनको भाउमा प्रतिलिटर ४० रुपैयाँले घटाएको थियो।

Tata
GBIME
Nepal Life

इन्धनको मूल्य समायोजनलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी नयाँ फ्युल सर्चाज कार्यान्वयनका लागि परिपत्र गरेको हो। प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई बुधबारदेखि नै लागू हुनेगरी घटेको फ्युल सर्चाज कार्यान्वयन गर्न निर्देशन दिएको हो। निर्देशन कार्यान्वयन नभए कानुन बमोजिम कारबाही हुने पनि परिपत्रमा जनाइएको छ।

नयाँ भाडादर अनुसार माउन्टेन फ्लाइटमा एक हजार ३७५ फ्‍युल सर्चाज घटेको छ। ९ हजार २३५ फ्युल सर्चाज घटेर सात हजार ८६० कायम भएको छ। काठमाडौं भद्रपुरको फ्युल सर्चाज आठ हजार ८० बाट घटेर ६ हजार ८७५ रुपैयाँ कायम भएको छ।

काठमाडौं धनगढीमा यसअघि ११ हजार ८८५ रहेकोमा १० हजार १२ रुपैयाँ फ्युल सर्चाज कायम भएको छ। काठमाडौं नेपालगञ्जको फ्युल सर्चाज आठ हजार ७७० बाट सात हजार ४६५ रुपैयाँ कायम भएको छ।

पोखरा भद्रपुरको फ्युल सर्चाज १० हजार ८९५ बाट घटेर ९ हजार २७५ रुपैयाँ कायम भएको छ। जनकपुर नेपालगञ्जको फ्युल सर्चाज ११ हजार ०३० बाट घटेर १० हजार १६० रुपैयाँ कायम भएको छ।

जनकपुर धनगढीको हालको फ्युल सर्चाज १४ हजार ७७० बाट घटेर १२ हजार ५७० रुपैयाँ कायम भएको छ। भैरहवा भद्रपुरको ११ हजार ८५० रहेको फ्युल सर्चाज १० हजार ९० रुपैयाँ कायम भएको छ।

विराटनगर नेपालगञ्जको फ्युल सर्चाज १४ हजार ४५० रुपैयाँ रहेकोमा १२ हजार ३०० रुपैयाँ कायम भएको छ। विराटनगर धनगढी रुटमा यसअघि कायम १७ हजार ३२५ फ्युल सर्चाज १४ हजार ७४५ रुपैयाँ कायम भएको छ।

नेपालगञ्ज भद्रपुरको फ्युल सर्चाज १५ हजार ७२५ बाट घटेर १३ हजार ३९० रुपैयाँ कायम भएको छ।

समायोजित भाडादर कहाँ कति?