BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, नतिजाका आधारमा नियामकीय सुधार

२०८३ असार १७

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, नतिजाका आधारमा नियामकीय सुधार
राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, नतिजाका आधारमा नियामकीय सुधार

काठमाडौं। राष्ट्र बैंकले ग्राहकहरुको सन्तुष्टि स्तर मापन गर्ने भएको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले सबै स्थानीय तहमा र्‍यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरी १० हजार ४०५ ग्राहकमाझ सन्तुष्टि स्तर मापन गर्ने भएको हो।

‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’अन्तर्गत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापनबारे ग्राहकको धारणा संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गरिनेछ।

सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउनका लागि यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराएर सहयोग गर्न राष्ट्र बैंकको आग्रह गरेको छ।