BIZMANDU
www.bizmandu.com

सानिगाड र कालंगा हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कुनको कति?

२०८३ असार १७

सानिगाड र कालंगा हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कुनको कति?
सानिगाड र कालंगा हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कुनको कति?

काठमाडौं। कालंगा र सानिगाड हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच बुधबार सूचीकरण सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

कालंगा हाइड्रोपावरको १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। सूचीकृत सेयरमध्ये ३५ प्रतिशतले हुन आउने ४९ लाख कित्ता साधारण सेयर हो।

नेप्सेले कालंगालाई पहिलो कारोबारका लागि ९८.५६ रुपैयाँदेखि २९५.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।

यस्तै, सानिगाड हाइड्रोपावरको २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीको सूचीकृत सेयरमध्ये ३० प्रतिशतले हुन आउने ८५ लाख ५० हजार कित्ता आइपीओ हो।

नेप्सेले सानिगाडलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ। दुवै कम्पनीको साधारण सेयर बिहीबारदेखि किनबेच हुनेछ।

संस्थापक सेयरमा भने तीन वर्षे लकइन अवधि लागू हुन्छ। लकइन सकिएपछि मात्रै सेयरधनीले बिक्री गर्न पाउँछन्।