BIZMANDU
www.bizmandu.com

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए सपथ

२०८३ असार १७

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए सपथ
रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए सपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन्।

Vigo
GBIME
Tata

बुधबार चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेसमक्ष उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सपथसँगै उनीहरूले पार्टीको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

कार्यक्रममा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। पार्टी नेतृत्वले महाधिवेशनबाट निर्वाचित नयाँ टोलीले संगठनलाई थप सुदृढ बनाउँदै आगामी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेको थियो।

प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए। सभापतिले १२ पदाधिकारीसहित ५१ जना सदस्य मनोनित गर्नेछन्।