BIZMANDU
www.bizmandu.com

एनएसीका कर्मचारीलाई पर्यटनमन्त्री पौडेलले भने- क्षमता नदेखाउनेलाई पालिरहन सकिंदैन

२०८३ असार १७

एनएसीका कर्मचारीलाई पर्यटनमन्त्री पौडेलले भने- क्षमता नदेखाउनेलाई पालिरहन सकिंदैन
एनएसीका कर्मचारीलाई पर्यटनमन्त्री पौडेलले भने- क्षमता नदेखाउनेलाई पालिरहन सकिंदैन

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले नेपाल वायुसेवा निगम (एनएसी)भित्र हुने भ्रष्टाचारप्रति निर्मम हुने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बुधबार एनएसीको ६८औं वार्षिकोत्सव समारोहमा अनियमितताका कारण नै संस्था आर्थिक रुपमा जर्जर बनेको भन्दै सरकार अब कडा रुपमा प्रस्तुत हुने बताएका हुन्।

‘संस्था सुधारका लागि मन्त्रालयबाट कुनै किसिमको हस्तक्षेप हुने छैन। तर भ्रष्टाचार र अनियमितता देखिए कडारुपमा प्रस्तुत हुन्छौं,’ उनले भने।

जहाज खरिददेखि मर्मत सम्भारमा भ्रष्टाचारका कारण एनएसी घाटामा छ। जहाज किन्न लिएको ३४ अर्ब ऋणको भार बढेर ५६ अर्ब रुपैयाँ पुगिसकेको छ।

मन्त्री पौडेलले संस्थाको आर्थिक अवस्था सुधारका लागि गम्भिर हुन कर्मचारीलाई आग्रह गर्दै अन्यथा हटाउने चेतावनी दिए।

‘तपाइँहरुका लागि सरकार पूर्णरुपमा सहयोगी छ। सहज हुँदा पनि प्रगति भएन भने तपाइँहरु सबैले राजीनामा दिएर हिँड्नुपर्छ। यो जागिर मात्र खाने ठाउँ होइन,’ उनले भने, ‘क्षमता नभएका र राजनीतिक दलको दैलो चहारेर भर्ना भएकाहरुलाई पालिरहन सकिंदैन।’