BIZMANDU
www.bizmandu.com

सम्झौताका सर्तअनुसार काम नगर्दा १० निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२०८३ असार १७

सम्झौताका सर्तअनुसार काम नगर्दा १० निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
सम्झौताका सर्तअनुसार काम नगर्दा १० निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।

Tata
GBIME
Nepal Life

एक वर्षका लागि कार्बाहीमा पर्नेमा जाजरकोटको कृष्ण कन्स्ट्रक्सन, विजयश्वरी निर्माण सेवा, कैलालीको बेहड बाबा निर्माण सेवा, सर्लाहीको दिनकर कन्स्ट्रक्सन, इलामको ललिता अम्बाय सप्लायर्स छन्।

डेढ वर्षका लागि कालोसूचीमा राखिएका कम्पनीमा सुर्खेतको सेविका कन्स्ट्रक्सन, चितवनको लोहनी एण्ड ब्रदर्स, कैलालीको राजेन्द्र निर्माण सेवा र थेगिम कन्स्ट्रक्सन छन्। यस्तै दोलखाको ओमबुद्ध कन्स्ट्रक्सन ३ वर्का लागि कालोसूचीमा परेको छ। सुर्खेतको सेविका कन्स्ट्रक्सन दुईवटा ठेक्कामा कार्बाहीमा परेको छ।

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम यो कारबाही गरिएको बुधबार जारी सूचनामा छ। कार्बाही अवधिभर सम्बद्ध कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन्।