BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा ६ सय घट्दा चाँदी १५ रुपैयाँ सस्तियो

२०८३ असार १७

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा ६ सय घट्दा चाँदी १५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा ६ सय घट्दा चाँदी १५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको मूल्यमा बुधबार सामान्य गिरावट छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदी १५ रुपैयाँ सस्तिएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार एकैदिन ४ हजार ५ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला २ लाख ७७ हजार ९ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य बुधबार प्रति तोला ४ हजार २ सय ७० रुपैयाँ कायम भएको छ। मंगलबार तोलाको ४ हजार २ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रति औंस ३९७१.१६ डलर र चाँदी प्रति औंस ५७.५२ डलरले कारोबार भइरहेको छ।

मंगलबार सुन प्रति औंस ३९८७.७४ डलर र चाँदी प्रति औंस ५७.५९ डलर थियो।