BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने सम्भावना

२०८३ असार १७

आजको मौसम पूर्वानुमान : देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने सम्भावना
आजको मौसम पूर्वानुमान : देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। गण्डकी र लुम्बिनी प्रदेशका भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा मनसुन विस्तार भएको छ।

Tata
GBIME
Nepal Life

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ।

बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, बुधबार राति देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

देशको पहाडी भू-भागका केही स्थानमा र देशका तराई भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।