BIZMANDU
www.bizmandu.com

सेयर बजार घट्दा पनि म्युचुअल फण्डले बढाए आम्दानी, लगानी रणनीति फेर्दा नाफा

२०८३ असार १७

सेयर बजार घट्दा पनि म्युचुअल फण्डले बढाए आम्दानी, लगानी रणनीति फेर्दा नाफा
सेयर बजार घट्दा पनि म्युचुअल फण्डले बढाए आम्दानी, लगानी रणनीति फेर्दा नाफा

काठमाडौं। बैंकको ब्याजदर र सेयर बजार निरन्तर घटिरहेका बेला म्युचुअल फण्डहरूले आम्दानी बढाएका छन्। वित्तीय विवरण सार्वजनिक गरेका धेरैजसो म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य(न्याभ) बढेको छ।

Tata
GBIME
Nepal Life

मुद्दती निक्षेपको लगानी शून्य बनाएका म्युचुअल फण्डले घटेको बजारमा पनि वित्तीय अवस्था सुधारेका हुन्। वैशाखको तुलनामा ३८ वटा म्युचुअल फण्डले न्याभ बढाएका छन्।

१९ वटाको घटेको छ भने दुईवटा फण्डको स्थिर छ। म्युचुअल फण्डलाई सेयर बजार र बैंकको मुद्दती निक्षेप लगानीका उपकरण हुन्।

लगानी रणनीति फेरेका कारण बजारमा आम्दानीमा सुधार देखिएको व्यवस्थापकहरू बताउँछन्।

‘फरक-फरक स्टकमा इन्भेष्ट गरेका कारण फण्डहरूको अवस्था केही राम्रो देखिएको हो। बजारभन्दा धेरै राम्रो गर्न सकिएको त छैन। बीचमा लोक्याप स्टक घटेका थिए। तिनीहरूबाट म्युचुअल फण्ड सिफ्ट भए,’ एक मर्चेन्ट बैंकका योजना व्यवस्थापक प्रमुखले भने, ‘यस बाहेक रिलायन्स स्पिनिङ मिल्स जस्ता केही कम्पनीको लकइन अवधि सकिएका कारण सेयर बिक्री गर्दा प्रोफिट बढेको हो।’

मुद्दती निक्षेपमा लगानीले म्युचुअल फण्डहरूलाई नै नोक्सानी छ। बैंकको ब्याजदर २.७५ प्रतिशतभन्दा तत्लो विन्दुमा आएका कारण लागत समेत उठ्ने नदेखिएपछि म्युचुअल फण्डहरूले मुद्दतीमा लगानी शून्य बनाएका छन्। मुद्दती निक्षेपको ब्याजदर घटेर प्रतिफल शून्य बनेका बेला म्युचुअल फण्डहरूले बजारमा लगानी बढाएका थिए।

सेयर बजार पनि बढ्न नसकेका कारण आम्दानीमा यसअघि धक्का लागेकामा जेठमा सुधार देखिएको हो।

खुला र बन्दमुखी म्युचुअल फण्डको वित्तीय अवस्था

म्युचुअल फण्ड२०८३ जेठसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी (रु लाखमा)२०८३ वैशाखसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी (रु लाखमा)फरक %२०८३ जेठसम्म बैंक मौज्दात (रु लाखमा)२०८३ वैशाखसम्म बैंक मौज्दात (रु लाखमा)फरक %
एनआइबिएल सहभागिता फण्ड८७४४३८४९५२२.९३९२३६७५९७२१.५७
एनएमबि सरल बचत फण्ड ई४४१९१४३४६४१.६७३०४७२८२१८.०१
सिद्धार्थ व्यवस्थित लगानी योजना२८७०५२७१२२५.८४२४१०२३९२०.७५
एचएलआइ लार्ज क्याप२६५२५१९९४५३२.९९९३७११५२३२-३८.४८
नबिल फ्लेक्सी क्याप फण्ड२१४६०२०४१६५.११३८५७२५२५५२.७५
प्रभु सेलेक्ट फण्ड१६२९२१६२१४०.४८३९६१४७१६९.३९
प्रभु स्मार्ट फण्ड१४६३६१४५३२०.७२११५११७-१.७१
नेपाल लाइफ समृद्धि लगानी योजना१४४६९१४३५००.८३५१८०४८३७७.०९
कुमारी धनवृद्धि योजना१३६७०१३७९८-०.९३६८७५४८२५.३६
सिद्धार्थ इक्विटी फण्ड१३६२४१३७१२-०.६४२१४२१८२६१७.३१
ग्लोबल आइएमई समुन्नति योजना २१२७४५१२६८२०.५
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २१२६६११२८३०-१.३२५५७२६७१०८.६१
एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड१२२७३११९३८२.८१३९१७३४२७१४.३
गरिमा समृद्धि योजना१२२३०११८३७३.३२३१५२२७३८.७७
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २११९३०११२८९५.६८११७७१४६५-१९.६६
एनआइबिएल समृद्धि फण्ड २११८०४११७३१०.६२१३१२१२६९३.३९
सिटिजन्स सन्तुलित योजना११५१०९९८९१५.२३४१६२०००-७९.२
मुक्तिनाथ म्युचुअल फण्ड १११२२९११०५६१.५६१५०९९३५६१.३९
रिलायबल समृद्धि योजना१११६४१११४१०.२१११४१५७०१००.१८
कुमारी सुनौलो लगानी योजना१११६४१०६६९४.६४८९८७६२१७.८५
आरबिबि म्युचुअल फण्ड ११०८९४१०७९१०.९५७७२६९२११.५६
एनआइसी एसिया सेलेक्ट ३०१०८९११०७३३१.४७१३२५१२१९८.७
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड ११०७९०१०८३०-०.३७
आरबिबि फोकस ४०१०३८११०२३९१.३९२२४५२२३२०.५८
सनराइज ब्लुचिप फण्ड१०३४११०५३३-१.८२१७९३१५०७१८.९८
मेगा म्युचुअल फण्ड १९९८०९८०६१.७७२०९२१४९०४०.४
नबिल ब्यालेन्स्ड फण्ड ३९९२२१००४८-१.२५१४४२१०२८४०.२७
एनएमबि ५०९८७१११२३३-१२.१२८०५६३०२७.७८
एनआइबिएल ग्रोथ फण्ड९७३०९६५४०.७९१६८७१६५९१.६९
सानिमा लार्ज क्याप९७१६९५८६१.३६१०५०९७५७.६९
कुमारी इक्विटी फण्ड९६१६९६५१-०.३६६६७५४६२२.१६
एनआइबिएल स्टेबल फण्ड९२६६९१२२१.५८१६९९१७०९-०.५९
सनराइज फोकस्ड इक्विटी फण्ड९१८७९३४७-१.७११३३५११३६१७.५२
एमबिएल इक्विटी फण्ड९११२९०७१०.४५२५१०२४५८२.१२
एनआइसी एसिया ग्रोथ फण्ड २८७८६८५४५२.८२४२६४५८-६.९९
नबिल ब्यालेन्स्ड फण्ड २८७६३८७८६-०.२६९६०४८२९९.१७
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड८७३६८५३३२.३८१४७४१५५१-४.९६
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३८६६०८२४३५.०६७६२९२५-१७.६२
आरबिबि म्युचुअल फण्ड २८१९९८१०६१.१५७८१७५२३.८६
एनएमबि हाइब्रिड फण्ड एल २७८८४८६४५-८.८१५४१३०१-८८.१६
हिमालयन ८०-२०७७०६७६३९०.८८२७१०२४०५१२.६८
कुमारी सबल योजना७२६१७१५७१.४५५१९५३९-३.७१
सिटिजन्स सुपर ३०७२५९६९४१४.५८१४२६३३-७७.५७
सनराइज फर्स्ट म्युचुअल फण्ड६९९८७१११-१.५९९४५७०१३४.८१
लक्ष्मी भ्यालु फण्ड २६८४९६८६२-०.१९१४४३१३१०१०.१५
एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम६७७१६५८४२.८४४५२४९५-८.६९
सिटिजन्स सदाबहार योजना६४३२६५५३-१.८५३१६१९५६२.०५
शुभलक्ष्मी कोष५७९२५६२५२.९७२०४९१८२३१२.४
सानिमा ग्रोथ फण्ड५५५६५३५४३.७७६००७२३-१७.०१
लक्ष्मी उन्नति कोष५२३९५२२८०.२११४३५१३६४५.२१
एनआइसी एसिया ब्यालेन्स फण्ड५०२६४९३४१.८६३६२३३७७.४२
सिटिजन म्युचुअल फण्ड २४४४८४६१८-३.६८११८३७४२५९.४३
प्रभु व्यवस्थित लगानी योजना४१४४४०५६२.१७१३७११६१८.१
सानिमा फ्लेक्सी फण्ड३८७२३६६१५.७६१२८८८४२५२.९७
गरिमा सुवर्ण योजना३८०३२३८३५९.५९३३६०४६८६-२८.३
माछापुच्छ्रे एसआइपी योजना३०१३३०२५-०.४१०८३७९४३६.४
एनआइ ३१३००६३०४६-१.३१७१०३७२९०.८६
कुल६८३६२५६६५९४६२.६५९०३९६८९७९१०.६७
स्रोत : क्यापिटलले सार्वजनिक गरेको ब्यालेन्स सिट

खुला र बन्दमुखी ५७ म्युचुअल फण्डमध्ये ४० वटाले सेयर बजार घट्दा पनि लगानी बढाएका छन्। ती फण्डले जेठसम्म बजारमा ६८ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्। यो रकम वैशाखसम्मको तुलनामा २.६५ प्रतिशत धेरै हो। वैशाखसम्म बजारमा म्युचुअल फण्डको लगानी ६६ अर्ब ५९ करोड रुपैयाँ थियो।

बजारमा सबैभन्दा धेरै एनआइबिएल सहभागिता फण्डले ८ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ। यो फण्डले वैशाखको तुलनामा सेयर बजारमा २.९३ प्रतिशत लगानी बढाएको हो।

गरिमा सुवर्ण योजनाले बजारमा सबैभन्दा धेरै ५९.५९ प्रतिशतले लगानी बढाएर ३८ करोड रुपैयाँ पुर्‍याएको छ।

फागुन तेस्रो साता प्रतिनिधि सभाको निर्वाचनपछि उच्च अंकले बढेको बजार चैत दोस्रो साता २९६० अंकसम्म पुगेको थियो। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेयता भने बजार निरन्तर ओरालो लागेर २६०८ अंकमा आइपुगेको छ।

बजारमा सूचक र कारोबार घटिरहेको बेलामा पनि म्युचुअल फण्डले तुलनात्मक रुपमा राम्रो गरेको मर्चेन्ट बैंकरहरू बताउँछन्।

‘हामीले हेर्दा आर्थिक वर्षको अन्त्यतिर भएकाले फण्डहरूको पर्फर्म अझै राम्रो हुनुपर्ने हो। यो सन्तोषजनक होइन। तर, बजार र अर्थतन्त्रका अरु सूचक हेर्दा म्युचुअल फण्डहरूको विवरण ठिकै देखिन्छ,’ मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेन्द्र रायमाझीले भने।

खुला र बन्दमुखी म्युचुअल फण्डको वित्तीय अवस्था

म्युचुअल फण्ड२०८३ जेठको न्याभ (रुपैयाँमा)२०८३ वैशाखको न्याभ (रुपैयाँमा)फरक रकम
एनआइबिएल सहभागिता फण्ड१०.२९१०.२६०.०३
एनएमबि सरल बचत फण्ड ई१०.७७१०.७२०.०५
सिद्धार्थ व्यवस्थित लगानी योजना११.०३११.०२०.०१
एचएलआइ लार्ज क्याप८.९६८.८६०.१
नबिल फ्लेक्सी क्याप फण्ड१०.६१०.४८०.१२
प्रभु सेलेक्ट फण्ड१३.६२१३.५९०.०३
प्रभु स्मार्ट फण्ड१४.७७१४.८४-०.०७
नेपाल लाइफ समृद्धि लगानी योजना९.८२९.८०.०२
कुमारी धनवृद्धि योजना१२.७९१२.८७-०.०८
सिद्धार्थ इक्विटी फण्ड१०.६५१०.६५
ग्लोबल आइएमई समुन्नति योजना २१०.२२१०.२३-०.०१
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २११.९३११.८५०.०८
एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड१०.१९.७७०.३३
गरिमा समृद्धि योजना१०.४९१०.४७०.०२
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २११.२२११.२३-०.०१
एनआइबिएल समृद्धि फण्ड २९.९३९.८७०.०६
सिटिजन्स सन्तुलित योजना९.७१९.८२-०.११
मुक्तिनाथ म्युचुअल फण्ड ११०.६२१०.५५०.०७
रिलायबल समृद्धि योजना११.३५११.३२०.०३
कुमारी सुनौलो लगानी योजना१२.०८१२.१२-०.०४
आरबिबि म्युचुअल फण्ड ११०.४४१०.४१०.०३
एनआइसी एसिया सेलेक्ट ३०९.८९.६६०.१४
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १११.९७११.९९-०.०२
आरबिबि फोकस ४०१०.१५१०.१२०.०३
सनराइज ब्लुचिप फण्ड१०.०८१०.११-०.०३
मेगा म्युचुअल फण्ड १९.७८९.७०.०८
नबिल ब्यालेन्सड फण्ड ३१०.४७१०.४५०.०२
एनएमबि ५०१०.६१०.५४०.०६
एनआइबिएल ग्रोथ फण्ड९.९८९.९४०.०४
सानिमा लार्ज क्याप१०.३६१०.३४०.०२
कुमारी इक्विटी फण्ड११.९५१२.०१-०.०६
एनआइबिएल स्टेबल फण्ड९.८९.७४०.०६
सनराइज फोकस्ड इक्विटी फण्ड१०.७४१०.११०.६३
एमबिएल इक्विटी फण्ड११.०२११.०१०.०१
एनआइसी एसिया ग्रोथ फण्ड २१०.४१०.२६०.१४
नबिल ब्यालेन्सड फण्ड २१०.५७१०.४५०.१२
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड१०.३१०.२१०.०९
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३११.९११.८९०.०१
आरबिबि म्युचुअल फण्ड २११.०५११.०३०.०२
एनएमबि हाइब्रिड फण्ड एल २१०.५६१०.५७-०.०१
हिमालयन ८०-२०१२.६२१२.६३-०.०१
कुमारी सबल योजना१०.५७१०.५४०.०३
सिटिजन्स सुपर ३०१०.८११०.७६०.०५
सनराइज फर्स्ट म्युचुअल फण्ड१०.४६१०.४८-०.०२
लक्ष्मी भ्यालु फण्ड २१०.३११०.३३-०.०२
एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम९.८७९.८३०.०४
सिटिजन्स सदाबहार योजना१०.२५१०.२७-०.०२
शुभलक्ष्मी कोष१०.३४१०.४१-०.०७
सानिमा ग्रोथ फण्ड१०.८२१०.७७०.०५
लक्ष्मी उन्नति कोष१०.४१०.३९०.०१
एनआइसी एसिया ब्यालेन्स फण्ड१०.३२१०.२३०.०९
सिटिजन म्युचुअल फण्ड २१०.१७१०.२३-०.०६
प्रभु व्यवस्थित लगानी योजना१०.८६१०.९-०.०४
सानिमा फ्लेक्सी फण्ड१०.४९१०.४८०.०१
गरिमा सुवर्ण योजना९.८४९.९१-०.०७
माछापुच्छ्रे एसआइपी योजना११.५८११.६५-०.०७
एनआइ ३११०.३३१०.३३
स्रोत : क्यापिटलले सार्वजनिक गरेको ब्यालेन्स सिट

म्युचुअल फण्डले मुद्दतीमा गरेको लगानी निकालेर अहिले होल्डमा राखेका छन्। ५७ वटा म्युचुअल फण्डको बैंक मौज्दात ९ अर्ब ३ करोड रुपैयाँ छ। यो रकम वैशाखको तुलनामा ०.६७ प्रतिशत धेरै हो।