BIZMANDU
www.bizmandu.com

कवाडी बोकेका १० वटा ट्रक सानेपाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा, राजस्वमा पठाइने

२०८३ असार १६

कवाडी बोकेका १० वटा ट्रक सानेपाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा, राजस्वमा पठाइने
कवाडी बोकेका १० वटा ट्रक सानेपाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा, राजस्वमा पठाइने

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कवाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

कागजपत्र बिना कवाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो। रिङरोडबाट सशस्त्रको दंगा नियन्त्रण रेजिमेन्टले ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्र२-०३-००१ख ४७३८,  लु २ ख ५१०५, प्र२-०३-००१ख ५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९ र ना ६ ख ५६१ नम्बरका ट्रकलाई नियन्त्रणमा लिइएको हो।

ट्रकलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइने सशस्त्रले जनाएको छ।