BIZMANDU
www.bizmandu.com

सेयर बजार ६ महिनायताकै तल्लो विन्दुमा, सूचक २४.६३ अंक घट्दा ३ अर्ब २५ करोडको किनबेच

२०८३ असार १६

सेयर बजार ६ महिनायताकै तल्लो विन्दुमा, सूचक २४.६३ अंक घट्दा ३ अर्ब २५ करोडको किनबेच
सेयर बजार ६ महिनायताकै तल्लो विन्दुमा, सूचक २४.६३ अंक घट्दा ३ अर्ब २५ करोडको किनबेच


काठमाडौं। सेयर बजार लगातार बियरिस बनेको छ। नेप्से परिसूचक मंगलबार २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा आएको हो।

Vigo
GBIME
Tata

बजार पछिल्लो सात कारोबार दिनमा निरन्तर ओरालो लागेको छ। बजार लगातार बियरिस बनेर ६ महिना अघिको विन्दुमा पुगेको हो।

नेप्से परिसूचक यसअघि २०८२ पुस ९ गते २५८५ अंकमा थियो। कार‍ोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.७४ प्रतिशतले ओरालो लागेको छ।

बजारमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घटेको छ। यस्तै याम्बालिङ हाइड्रोपावरको ८.२३ प्रतिशतले घटेको छ।

मंगलबार बजारमा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको सबैभन्दा धेरै १३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, टक्सार पिखुवा खोलाको ११ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा ३५ कम्पनीको भाउ बढेकामा एकको पोजेटिभ सर्किट लागेको छ। स्नो रिभर्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। पाँच कम्पनीको सेयरमूल्य स्थिर रह्यो।