BIZMANDU
www.bizmandu.com

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावलको चासो, मधेशका मुख्यमन्त्री यादवसँग छलफल

२०८३ असार १६

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावलको चासो, मधेशका मुख्यमन्त्री यादवसँग छलफल
स्थानीय तहका समस्या समाधानमा मन्त्री रावलको चासो, मधेशका मुख्यमन्त्री यादवसँग छलफल

काठमाडौं। स्थानीय तहका समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले चासो दिएकी छन्।

Tata
GBIME
Nepal Life

उनले स्थानीय तहका समस्या समाधान गर्ने तथा संघ-प्रदेश-स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग छलफल गरेकी छन्।

स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको मन्त्री रावलको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी सहजीकरण गरेको जानकारी दिइन्।

उनले स्थानीय तहका समस्या समाधानका लागि तीन तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयले थप पहल गर्ने बताइन्। छलफलमा मन्त्रालयका सचिव, सहसचिव र प्रतिनिधि सभा सदस्य रहवर अन्सारी पनि सहभागी थिए।