BIZMANDU
www.bizmandu.com

रास्वपामा सोम र कृष्णमानको केन्द्रीय सदस्य पद गयो, पूजा र ध्रुव निर्वाचित भएको घोषणा

२०८३ असार १६

रास्वपामा सोम र कृष्णमानको केन्द्रीय सदस्य पद गयो, पूजा र ध्रुव निर्वाचित भएको घोषणा
रास्वपामा सोम र कृष्णमानको केन्द्रीय सदस्य पद गयो, पूजा र ध्रुव निर्वाचित भएको घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वािचत केन्द्रीय सदस्यहरुको सूची हेरफेर भएको छ।

Tata
GBIME
Nepal Life

रास्वपाको निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्दा प्रावधिकि त्रुटि भएको भन्दै समावेशीतर्फ आदिवासी जनजाति क्लष्टर र गण्डकी प्रदेशतर्फबाट निर्वाचित सदस्यको नाम हेरफेर गरेको हो।

महाधिवेशनमा आदिवासी जनजाति क्लष्टरबाट कृष्णमान श्रेष्ठलाई निर्वाचित भएको घोषणा गरेकामा आयोगले बैठक राखेर श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापा मगरलाई विजेता घोषणा गरेको छ।

यस्तै गण्डकी प्रदेशतर्फ यसअघि सोम शर्मालाई निर्वाचित भएको घोषणा गरिएकामा आयोगले अहिले पूजा बास्तोला निर्वाचित भएको बताएको छ। पूजाले मत धेरै आउँदा आउँदै आफूलाई निर्वाचित भएको घोषणा नगरिएको विरोधमा अदालत जाने चेतावनी दिएको थिइन्।

रास्वपाले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार शपथ गराउने तयारी गरेको छ।