BIZMANDU
www.bizmandu.com

प्राइम कमर्सियल बैंकले १० वर्षका लागि निष्कासन गर्‍यो ३ अर्बको ऋणपत्र, ब्याजदर ६.२५ प्रतिशत

२०८३ असार १६

प्राइम कमर्सियल बैंकले १० वर्षका लागि निष्कासन गर्‍यो ३ अर्बको ऋणपत्र, ब्याजदर ६.२५ प्रतिशत
प्राइम कमर्सियल बैंकले १० वर्षका लागि निष्कासन गर्‍यो ३ अर्बको ऋणपत्र, ब्याजदर ६.२५ प्रतिशत

काठमाडौं। प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।

GBIME
Tata

वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०९३’मा लगानीकर्ताले १ हजार रुपैयाँ दरमा मंगलबारदेखि असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकले कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता निजी तवर (प्राइभेट प्लेसमेन्ट)बाट बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ।

सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि सुरक्षित गरिएको छ।

ऋणपत्र निष्कासनका लागि बैंकले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम सम्पूर्ण निष्कासित कित्तासम्म आवेदन दिन सक्नेछन्।