BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ सस्तियो, चाँदीको मूल्यमा पनि गिरावट

२०८३ असार १६

सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ सस्तियो, चाँदीको मूल्यमा पनि गिरावट
सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ सस्तियो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं। सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला २ लाख ७७ हजार ९०० रुपैयाँमा आइपुगेको छ।

Tata
GBIME
Nepal Life

सुनको भाउ सोमबार तोलामा एक हजार ४०० रुपैयाँ घटेको थियो। दुई दिनमा सुनको भाउ तोलामै ५ हजार ९०० रुपैयाँले ओरालो लागेको छ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर प्रति तोला ४ हजार २८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुन ३९८७.७४ डलर र चाँदी ५७.५९ डलरमा कारोबार भइरहेको छ।