BIZMANDU
www.bizmandu.com

एचआइडीसीएलमा अध्यक्ष परिवर्तन, चटौतले अवकाश पाएपछि सरिताले सम्हालिन नेतृत्व

२०८३ असार १६

एचआइडीसीएलमा अध्यक्ष परिवर्तन, चटौतले अवकाश पाएपछि सरिताले सम्हालिन नेतृत्व
एचआइडीसीएलमा अध्यक्ष परिवर्तन, चटौतले अवकाश पाएपछि सरिताले सम्हालिन नेतृत्व

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)मा अध्यक्ष फेरिएका छन्।

Vigo
GBIME
Tata

एचआइडीसीएलमा यसअघि चिरञ्जिवी चटौत अध्यक्ष रहेकामा अब ऊर्जा मन्त्रालयकी सचिव सरिता दवाडीले त्यो जिम्मेवारी पाएकी छन्।

ऊर्जा मन्त्रालयले सोमबार चटौतको स्थानमा दवाडीलाई सञ्चालक मनोनयन गरेको थियो। कम्पनीको सोमबार नै बसेको सञ्चालक समितिको बैठकले दवाडीलाई अध्यक्ष चयन गरेको हो।

जेठ तेस्रो साता ऊर्जा सचिवबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा भएका सचिव चटौतले सोमबार अवकाश पाएका छन्।